नेपालमा सूचीकरण नगरेका फेसबुकसहितका सामाजिक सञ्जाल आजदेखि बन्द

Image
Nisarga Hospital

नेपालमा दर्ता तथा सूचीकरण नगरेका सामाजिक सञ्जाल आजदेखि बन्द हुने भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले फेसबुकसहित सूचीकरण नगरिएका सञ्जाललाई तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो। तर सो निर्देशन अवज्ञा भएपछि मन्त्रालयले आजदेखि क्रमशः ती सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

Attariya Hospital

मन्त्रालय स्रोतका अनुसार, ‘सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजबाट चरणबद्ध रूपमा बन्द हुनेछन्।’ सो निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाइएको छ।

nawajiwan