
वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई दुई वटा एम–२८ स्काई ट्रक पूर्ण अनुदानमा सहयोग गरेको छ। नेपाली सेनाका अनुसार, सहयोगमा १ एयर एम्बुलेन्स र १ स्काई ट्रक समावेश छन्।

गौचरस्थित मध्य एयर बेसमा आयोजित विशेष कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथि तथा रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले प्रधान सेनापति अशोक राज सिग्देललाई विमान हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाले यी स्काई ट्रकहरू सैनिक प्रयोजनसँगै विपद् व्यवस्थापन र आपतकालीन उद्धार कार्यमा प्रयोग गर्ने जनाएको छ।





















