दशरथ ओझाका तीन उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

सपना सजाउँन मिल्छ ,सपना भित्रै महल ठड्याउँन मिल्छ

CP Hospital Dhangadhi

तेही सपना देख्न पनि हेर प्रिय ,निदाउन त झुप्रो चाहिन्छ ।

तिमि भन्छयौ हतार के छ < उमेर छदैछ ,जवानी छदैछ

nawajiwan

आजै बलेन आगो चुलोमा,बले पनि त बसाउन चामल चाहिन्छ ।

आसु खसाली ,सपना न नबगाउ तिमि, सपनाको मोल हुन्छ

तेही आसु पुछ्न पनि हेर प्रिय ,रुमाल चाहिन्छ ।

हुदैन सधै औशीको रात,पुर्णिमाको जुन पनि त हुन्छ

हुर्काउन पनि सपना हेर प्रिय ,खुल्ला गगन चाहिन्छ ।

नारि धरणी हुन, नारि जननी हुन् ,पर्ख मात्र केहि बर्ष पर्ख

बिहानी मात्र भयर हुदैन प्रिय ,घाम लाग्न त बादल फाट्न चाहिन्छ ।

॥२॥

अब त यस्सरी कस्सिनु छ ,बेस्सरी कस्सिनु छ

आखिर हिरा पनि त ढुङ्गै हो,पत्थर सरि कस्सिनु छ ।

निचोरेरै निक्लीने हो रस ,बस निचोरिनै मन छ

घुटुघुटु घुट्का निल्ने गरि अब, प्याला भरि रसिनु छ ।

Attariya Hospital

पहिरो गय हुन्थ्यो ,सायद मममनै लाग्दो हो महोदय

तिमीले भनेझै पुगोस् बस् ,मुटुमै तिम्रो बेस्सरी भासिनु छ ।

सबै एक्लै कहाँ सकिन्छ बन्न बनिन,बरु आऊ एकै बनौ मिलेर

लौरो बनि सहारा दिन हेर साथि ,जंगलले पनि त मासिनु छ ।

मन पर्दैन होला, मेरो आरिबारी अनि फुलबारी

फुलै गासेर बनिन्छ माल,हो साच्चै फूल सरि गासिनु छ ।

॥३॥

तिम्ले हास्दा हासिदिने ,रुदा रोइदिने बानी परिसक्यो,
म हागा हुदा ,तिम्लाइ फुल हुने बानी परिसक्यो ।

हात समाइ अघिपछी जति हिडाउछ्यौ हिडाउ,
तिम्रै अघिपछि हास्दै नाच्दै घुमिरने बानी परिसक्यो।

एक्लै हुदा हेर्दै कुरि रहे, झ्यालको पर्दा खोली बसे,
सन्ङै हुदा निहु खोजि-खोजी सताउने बानी परिसक्यो ।

अरुले छोडे छोडुन मेरो खुशी तिमी मेरो साथी तिमी,
च्यातियर आफू बरु तिम्लाइ सजाउने बानी परिसक्यो।

दशरथ ओझा

गोदावरी ०४, वसन्तपुर

गजलकार समैजी मा बि मजगाउँ गोदावरी ०८, कैलाली का शिक्षक हुनुहुन्छ