अमेरिकाबाट डिपोर्ट भएका १९ नेपाली काठमाडौं आइपुगे

Image
Nisarga Hospital

अमेरिकाबाट डिपोर्ट भएका २ महिलासहित १९ जना नेपाली बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। अमेरिकी सरकारले चार्टर विमानमार्फत् डिपोर्ट गर्ने क्रममा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयको जिम्मा लगाएको हो।

CP Hospital Dhangadhi

चार्टर विमानबाट ३७ जनालाई ल्याउने भनिए पनि प्राविधिक कारणले बाँकी १८ जनालाई पछि पठाउने तयारी भइरहेको जनाइएको छ।

Attariya Hospital

डिपोर्ट भएर आएका १९ जनालाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले थप सोधपुछको लागि जिम्मा पाएको छ। ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ जारी छ।

nawajiwan

सन् २०२५ को जनवरी २२ पछि अमेरिकाले २ सय ३४ जना नेपालीलाई निस्कासन गरेको छ। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि जिम्मेवारीमा आएपछि वैध कागजातविहीन आप्रवासीहरूलाई नेपालसहित विभिन्न देशबाट धमाधम डिपोर्ट गरिएको हो।

Advertize US