FNCP ले जेनजी आन्दोलनलाई समर्थन, हिंसा र आगजनीविरुद्ध धैर्य र सहकार्यको अपिल

Image
Nisarga Hospital

नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) ले नेपालमा भैरहेको जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ। महासंघले आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। महासंघले भनेका छन्, “भ्रष्टाचार, कालोबजारी, कुशासन र मनपरी तन्त्र अन्तर्गत सु-शासनयुक्त राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यमा भएको जेनजी आन्दोलन आवश्यक थियो।”

CP Hospital Dhangadhi

यद्यपि, आन्दोलनको क्रममा हिंसा, आगजनी, घुसपैठ, र ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको कुरा महासंघले निन्दा गरेको छ। राष्ट्रपति भवन, सिँहदरवार, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण भवनमा आगजनी हुँदा अमूल्य दस्तावेज नष्ट भएका र उद्योग तथा लगानी वातावरण प्रभावित भएको भन्दै महासंघले सजग रहन अपिल गरेको छ।

महासंघले प्रशासन, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण भएपनि केही कमजोरी देखिएको उल्लेख गर्दै सुधारको माग गरेको छ। साथै, नेताहरूले आफ्नो दायित्व बिर्सनु र पारिवारिक, व्यक्तिगत स्वार्थमा राज्य सञ्चालन गर्नुले वर्तमान अवस्था सिर्जना भएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

अन्ततः महासंघले सबैमा धैर्य, संयम र सहकार्यको भाव पैदा गर्न, घुसपैठी र हिंसात्मक तत्वबाट सावधान रहन र लोकतन्त्र तथा सुशासन कायम राख्न अपिल गरेको छ। FNCP ले उपभोक्ताको अधिकार र देशको भव्य संरचना संरक्षणमा प्रतिबद्धता दोहोर्‍याएको छ।