आजको मौसमः देशभर सामान्य बदली, देशका यी स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर सामान्य बदली छ। कोशी र लुम्बिनी प्रदेशका धेरै स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

दिउँसो देशभर सामान्य बदली रहने र पहाडी भूभागका केही तथा तराईका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। राति पनि यस्तै अवस्था रहने अनुमान छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा मध्यम वर्षा हुने र ती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।

Attariya Hospital

लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा प्रबल हुनसक्ने भएकाले सतर्कता आवश्यक छ। महाशाखाले भारी वर्षाको सम्भावित प्रभावलाई ध्यानमा राखी सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

nawajiwan
Advertize US