आजको मौसमः देशभर बदली, कोशी–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

शनिबार बिहान कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर सामान्य बदली रहने अनुमान छ। देशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराईका थोरै भूभागमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यसैगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

# ट्रेण्डिङ