नेपालमा सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकाल रोकियो

Image
Nisarga Hospital

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको जानकारी दिएको छ। विभागले आइतबार जारी सूचना अनुसार, अर्को सूचना नभएसम्म छपाइ, वितरण र सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेछ।

CP Hospital Dhangadhi

विभागका अनुसार, संरचनामा भएको तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको छ। यस कारणले विद्युतीय सवारी दर्ता र अनुमतिपत्र सेवा अवरुद्ध भएको छ।

Attariya Hospital

सूचनामा उल्लेख छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अहिले अवरुद्ध छ। अर्को सूचना नभएसम्म सेवा सञ्चालन हुने छैन।” विभागले सर्वसाधारणलाई समस्या समाधानका लागि धैर्य धारण गर्न र आवश्यक जानकारीको लागि विभागसँग सम्पर्क राख्न आग्रह गरेको छ।

nawajiwan
Advertize US