कक्षा १२ को पूरक परीक्षा असोज ७–८ गते सञ्चालन, परीक्षा तालिका संशोधन

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा तालिका सार्वजनिक गरिएको थियो, तर देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गरी नयाँ मिति सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछ। एक विषय मात्र परीक्षा दिने परीक्षार्थीले अनिवार्य अङ्ग्रेजीमा सहभागी हुनेछन् भने दुई विषय परीक्षा दिने विद्यार्थीले अनिवार्य अङ्ग्रेजीसँगै अनिवार्य नेपाली (००२१) विषयमा पनि पूरक परीक्षा दिनेछन्।

Attariya Hospital

असोज ८ गते दुई विषय परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। त्यस्तै, सो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा पनि सञ्चालन हुने बोर्डले जनाएको छ।

nawajiwan

परीक्षा केन्द्रहरू भने बोर्डले पहिले नै निर्धारण गरिसकेको छ। परीक्षा व्यवस्थापन र समयतालिका सम्बन्धी थप जानकारी बोर्डको आधिकारिक सूचना माध्यममार्फत उपलब्ध हुनेछ।