पश्चिम नेपालमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का

Image
Nisarga Hospital

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार रूकुम पूर्व र बाग्लुङको सिमाना क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ।

CP Hospital Dhangadhi

स्थानीयवासीहरूले राति घर हल्लिएको र केही समय डरको अनुभव भएको बताएका छन्। क्षति वा चोटपटकको प्रारम्भिक विवरण अहिलेसम्म प्राप्त भएको छैन।

Attariya Hospital

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो। विशेषज्ञहरूले साना भूकम्पको लगातार दोहोरिनु सामान्य रहेको बताएका छन् र नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

nawajiwan

स्थानीय प्रशासनले पनि आवश्यकता अनुसार सर्वेक्षण र सुरक्षा उपायको तयारी थालेको जानकारी दिएको छ।

Advertize US