
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बुधबार नै संवाद हुने भनिए पनि अज्ञात कारणले स्थगित भएपछि आज संवाद हुने तय भएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्ने संकेत गरेकी थिइन्।

यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा कार्कीसँग भेट गरी मोदीको सन्देश सुनाएका थिए। नेपाल-भारत सम्बन्धका विविध आयाममा केन्द्रीत हुने अनुमान गरिएको यस संवादलाई दुई देशबीचको कूटनीतिक सम्वादलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।































