शिक्षक भान धामीका गद्य र झ्याउरे छन्दमा आधारित दुइ कविताहरु

Image

कविता(गद्य)”आडम्बरी धक्का”

अधेँरी रातको सामीप्यतामा नसल चिथोर्नेहरु
लाम लागेर सडकको गल्लीमा स्वान कराए जस्तै।
मेरो भुँडी खालीछ बगली रित्तो छ भन्दै
टाउकेको पाउ चाट्ने समयले कुतकुत्याउदै छ।१

nawajiwan

गाउँ समाजका सारा गरिब निमुखाको नमक सकेर
पेट त भरिएन तर खोज पाइएला ती नाली र कालीमा।
जुङ्गाछ ताउ लगाउँ नत्र कोहि पत्याउदैन बुँझे सबैले
लुत्त्रे कान चिथोरेर फर्कन्थ्यौ तर बाहाना हराउँदै छ।२

कही आडम्बरी घुर्की सहेर मनको बह पोख्दा
शरीरमा लौरीका डाम र नशाको जाम उस्तै छ।
खोज विलिन भयो त्यो छाया छामेर आउ नत्र
कुनै पल सकसको पवनले पनि त साथ र बात दिने छ।३

नसम्झ फेरि पिसिएको पाषाणले कुनैलाइ
सिमेन्टको महत्व त बुझ्छौ नि जो तिमीले ।
भिक्षा माग्ने देशले दिएको उपहार हो सक्छौ भने
त्यो प्याक घाँटीमा झुण्ड्याएर देश निर्माण गर्नु छ।४

Attariya Hospital

कविता (झ्याउरे छ्न्द) “अधुरो सपना”

लगायौ डोरी घाटीमा मेरो मारेर के पाउछौ
सपना तिम्रो अधुरै रह्यो उसलाइ के खुवाछौ।
बिन्तिको गुहार सुनाइदेउ समीर उ टाढा भएछ
मुटुलाइ धक्का दिलाउने उसको बानी नै रहेछ।।

जपौला ध्यान आशिर्वाद दिए मुटुको देउताले
हेरौँला फेरि असर गरे समाजको सौताले।
धनको माथ नसोच कहिले हातको मयल हो
के पाउछौ छोड्दा अधुरो जीवन उ तिम्रो सयल हो।।

कराउँदा काग मनसारै रुन्छ खबर ल्यायो कि
चराउने बन अधुरो रह्यो के दैब लाग्यो की।
सकेन मैले सम्झाउन केही गुहार गरुला
किनेर फूल बगैँचा भरी सुवास छरुला।।

गरिबको घरमा के पाक्छ कुन्नी सिस्नु नै खाउला
स्वर्गको बाटो भावीको हातमा संगसंगै जाउला।
मजदुरी गरि हातमा ठेला परे नि कमौला
काँडाको बाटो हिडेर पनि साथैमा रमाउला।।

भान धामी सिगास गाउँपालिका वडा नं. ५ बैतडी
शिक्षक: भुवनेश्वरी मावि खैरकोट