भरिएपछि अपराध र भ्रष्टाचार छचल्किन्छ,
खर्च बढेपछि ऋण नै बरकरार छचल्किन्छ।
देश छैन आत्म निरभर उत्पादन शुन्य भयो,
त्यसैले त संसारमा छ कर्जदार छचल्किन्छ।
बसेका हुन्छन् विदेशी दलालहरू कुनाकुना,
आयश्रोत छैन विदेशी व्यापार छचल्किन्छ।
देश कङ्गाल भयो जनता विदेशका रैती भए,
आक्रोश देखेर नेताका व्यवहार छचल्किन्छ।
समाजमा बड्दै छ अपराध र भ्रष्टाचार यहां,
बडेर जादा देश भित्र अंधकार छचल्किन्छ।
कसैले आफ्नै पार्टी सके भएर आफै जान्ने,
जे जस्तै भएपनि हृदयमा प्यार छचल्किन्छ।
॥१॥

अहिँशाको आवरणमा हिँशाको व्यवहार हुनथाल्यो,
समाजमा दिन रात मारामारको समाचार हुनथाल्यो।
हिजो जसलाई जनताले देशबाट खेदेका थिए आज,
हाम्रो देशको साम्राज्यवाद समेत हकदार हुनथाल्यो।
यी नालायक नेताहरू यो देशलाई खरानी पार्दैछन्,
हिंजो भन्दा आज अपराधीहरूकै संसार हुनथाल्यो।
परिश्रमको मूल्य छैन दलालीमै फस्यो समाज अचेल,
जताततै ठेकेदार हुन्छन् बिचारकै व्यापार हुनथाल्यो।
किन हुन्छ हत्या हिँशा समाजमा कसले रोक्नसक्छ,
झनपछि झन् अराजक समाजमा खुँखार हुनथाल्यो।
हाम्रो देशमा सङ्घीयता पनि एउटा समस्या बनेकैछ,
त्यो छुतको रोग भएर त समाजनै बिमार हुनथाल्यो।
॥२॥

पार्टीहरूलाई पाखा लगाए त निरदल हुनसक्छ
तानाशाह देश हितमा कहाँ छलफल हुनसक्छ।
जनताले चलाए स्वतन्त्रताको आन्दोलन देशमा,
जन् धनको खति विदेशीको दख्खल हुनसक्छ।
फाइदा छैन यो बुद्धकै भूमिमा अशान्तिको कुरा,
न उठाउ हतियार युवा रगतको भल हुनसक्छ।
प्रत्येक पटकको ठोक्कर लाग्दा समेत नसम्झिने,
साँच्चैभन्दा भन्नुपर्दा त्यही वे अक्कल हुनसक्छ।
गृहयुद्ध चलेपछि कसैलाई हुनेछैन फाइदा देशमा,
ज्यान् जान्छ सम्पत्ती स्वाहा चलअचल हुनसक्छ।
॥३॥
बुझ्नै नसक्ने देशमा किन आखिर सधैँ हुन्छ,
जसलाई जेल हुनुपर्ने माला अविर सधैँ हुन्छ।
विकास गर्ने आँट कसैको आउँदैन हुलदङ्गा,
अराजकनै यहाँ बुद्धिभुट्न माहिर सधैँ हुन्छ।
देशको हालात देख्दा रातिको निद्रानै हरायो,
समाजले बुझ्न नसक्दा पनि पिर सधैँ हुन्छ।
तिमि भन्छौ शोषकहरूलाई पाप लाग्छ सधैँ,
हामिले देख्दै आयौँ त्यही अमिर सँधै हुन्छ।
देशभित्र खेल छ एनजिओ आइएनजिओको,
त्यसैले त देश गरिब जनता फकिर सधैँ हुन्छ।
॥४॥
छैन मानवताको मूल्य उपहास भएको छ,
स्वतन्त्रताको आवरणमा दाश भएको छ।
बसनु छैन विर नेपालीहरू आफ्नो देशमा,
देशको रिढ समेत बाहिरै बास भएको छ।
देश विदेश छोरा-छोरी मारिन्छन् अकालमै,
बा आँमाको देशमा जिउँदै लाश भएको छ।
औलाद रहँदैनन् विवहा पछि औलाद पनि,
आदर्शवादी संस्कार नै वाईपास भएको छ।
गरिबको न मानोछ नत छ ओट्लाग्ने छानो,
पैसाको कब्जामा धर्ती आकास भएको छ।
सुख्खको खोजीमा हिंडेका यात्रुहरूलाई नै,
जहिले पनि दुःखको ठुलो रास भएको छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८