कबिताः- मुटुमा अल्झेको छेस्को

Image
Nisarga Hospital

जब जब पुर्खाले बसाएका बस्तीहरु
बिस्तारै बिस्तारै उजाड भएको देख्छु
जब जब मान्छे बस्ने घरहरुमा
जंगली जनावरहरुको बस्ती भएको देख्छु
तब तब मन मनै बिचार गर्न थाल्छु कि
यो परिवर्तनको पीडा पनि कति दर्दनाक हुंदो रहेछ भनेर,
यो समयको शक्ति पनि कति बलवान हुंदो रहेछ भनेर

CP Hospital Dhangadhi

समयले दिएको यस पीडा भित्र पनि
अकस्मात् आई दिन्छन्
संझनाका कथाहरु,
पुराना रीति तिथिहरु

र अनि
बिद्रुप हुन थाल्दछन् वर्तमानका आविष्कारहरु,
आफ्ना तथाकथित उपलब्धिहरु र कमाईहरु
र लाग्न थाल्छ, यो कोलाहल भन्दा
त्यही शान्ति पो आनन्ददायक थियो कि ?
यो भीडभाड भन्दा त्यही एकान्तिकता पो राम्रो थियो कि ?

nawajiwan

कस्तो सौहार्द्रपूर्ण समाज थियो त्यस बेला
कस्तो प्रेम, सद्भाव र सहयोगको भावना थियो त्यस बेला
केही नभए पनि धेरै भएको जस्तो
गरीब भएपनि धनि भएको जस्तो,
धनि भएपनि गरीबै भएको जस्तो
सबै काम सबै जिम्मेवारीहरुको निष्पादन-
सहकार्यै बाट, पारस्परिक सहयोगैबाट हुनुपर्ने
सामाजिक बिधान
चाहे कुनै धनि होस् वा निर्धन
सबैले सबैको काम मिलेरै गर्नै पर्ने
सबैले सबैको काममा प्रत्यक्षरुपमा सहभागी हुनै पर्ने
चाहे त्यो व्यक्तिगत कार्य होस् वा सामाजिक कृत्य
सबैले सबै ठाउॅमा हुनै पर्ने, देखीनै पर्ने

आहा!
कस्तो स्वचालित सामाजिक व्यवस्था !
कस्तो परस्परनिर्भर भेदभाव- विहीन जीवनशैली !
अभावमा पनि पूर्णताको अनुभव गर्न सकिने कस्तो प्रावधान !

त्यसैले त “एैंचो पैंचो”, “खेडी, ”पडम”, “सॅाटो” “पड्याल”
जस्ता ब्यवस्थाहरु निर्धारण गरिएका होलान्
त्यसैले त खेल खेल्ने यौटै साझा “ खलो” र यौटै “जॅात” को ब्यवस्था भएको होला !

आजभोलीका “परमज्ञानी” हरुले
पुराना पीढीलाई जतिसुकै अज्ञानी, निरक्षर
या रूढीवादी भने पनि
उनीहरुको जीवनशैलिको जतिसुकै उपहास गरे पनि
उनीहरुमा रहेको चेतनाको स्तर र सामाजिकताको भावनालाई
आजको “ज्ञानीसमाज”ले ग्रहणनै गर्नै सक्तैन

Attariya Hospital

अतीतको त्यो सुन्दर प्रतिबिम्व
जब अकस्मात् स्मृति-पटलमा आउॅछ
मन भित्र एकै चोटी अनेकौं संझनाहरु
सप्तरंगी ईन्द्रेणी बनेर आउने गर्छन्
एक एक दृश्य र परिदृश्यहरु
जम्मा भएर बसी दिन्छन् अदृश्यरुपमा !
अन्तर्हृदयको अन्तर्तम कन्दरामा अमिट छाप बनेर
र दुखाउन सम्म दुखाउॅछन् गहिरा घाऊ बनेर !

त्यो सघन बनको शीतल छाया
त्यो मातृभूमिको कोमल काया
त्यो माटोको मीठो बासना
त्यो दुबोको कमलो डसना
त्यो चराहरुको चिरबिर बोली
त्यो गोरा, त्यो जॅात र दिवाली, होली
त्यो बाह्रै महिनाको मधुमासको अनुभूति
त्यो झरनाहरुको जल-प्रपातको कर्णप्रिय प्रतीति

त्यो घोरल, कॅाकड,चित्तलहरुको सिंग्यौरी !
त्यो ढुकुर ढुकुर्नीहरुको मीठो बोली !
त्यो चखेवा चखेवी र चाखुरा चाखुरीहरुको मधुर मिलन
त्यो कालीज डॅाफे र मुनालहरुको लुकाछुपी
त्यो चंचल मृगशावकहरुको चंचलयृत्ति
त्यो वन उपवनको मादक मोहक कलाकृति
त्यो नदीमा खेलीरहेका मत्स्यपरिवारको मोहक क्रीडा
त्यो घुघुती र न्याउली चरीहरुको वियोगी स्वरको पीडा !
ती वैरागी मनले गाएका श्रुतिमनोहर बन-गीतहरु,
ती मनमा राज गरि बसेका अनिर्बचनीय मन-मीतहरु
ती संगै खेलेका संगै पढेका साथीहरु
ती शिक्षाको ज्योति दिने गुरु र गुरुआमाहरु

ती खोपी खेल्न पारेका बाटै भरिका डोबहरु
ती ईण्ण, रम्बॅास र कॅाचा चिउरीर ॲापका चोपहरु
ती ऐंशेलु र किरमडाका कॅाडाहरु
ती “आरी”बेल्या” कॅासा र पीतलका भॅाडाहरु
ती “कु-याहरु” “चाडीहरु” “ठेक्याहरु”
ती ॲागनमा रोपेका सुन्तला र मौसमीका
अनमोल बिरुवाहरु
ती कागती, “ॲामिला” “आल्पोखरा” र “आरुहरु”
ती ओखर, बेल र मेलहरु
ती मलेडा, दमडा र सिउॅतीहरु !

अरु पनि के के कति कति ….
अल्झिएर बसेकाछन मुटु भित्र
सदा सदाकालागि …..
छेस्को बनेर !

डा. टेकराज पन्त
महेन्द्रनगर कञ्चनपुर

Advertize US