
जेन–जी आन्दोलनका घाइतेहरूले हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्।

आइतबार उनीहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका थिए। बिहानै गेटमा पुगेका घाइतेहरू प्रवेशविनै धर्नामा बस्न बाध्य भए। प्रहरीको मध्यस्थतापछि उनीहरूलाई गाडीमा राखेर गृह मन्त्रालय पुऱ्याइएको थियो।

गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन गुरुङसहित एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन्।

उनीहरूले आन्दोलनका क्रममा भएका त्रासदी र आफ्ना अधिकारको माग पुरा गर्न तत्काल कदम चाल्न सरकारसमक्ष जोड दिएका छन्।






























