आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआजा गरी मनाईदै

Image
Nisarga Hospital

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा गरिन्छ। ब्रह्मचारिणी देवी तप, त्याग, वैराग्य, धैर्य र आत्मबलको प्रतीक हुन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु बोकेको स्वरूपमा आराधना गरिन्छ।

CP Hospital Dhangadhi

पौराणिक विश्वासअनुसार पार्वतीले भगवान शिवलाई प्राप्त गर्न हजारौँ वर्षसम्म कठोर तपस्या गरी ब्रह्मचारिणी नाम पाएकी थिइन्। फलफूल, साग, बेलपत्र खाएर पनि अन्ततः निराहार बसेर उनले तपस्या जारी राखिन्। उनको दृढ तपले देवता र ऋषिमुनिहरू चकित परे र पितामह ब्रह्माले आशीर्वाद दिएपछि उनी भगवान शिवलाई पति स्वरूप प्राप्त गर्न सफल भइन्।

Attariya Hospital

यस दिन विद्यार्थी, साधक र योगीहरूले देवीको पूजा आराधना गर्दा आयु, शक्ति, ज्ञान, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ। ब्रह्मचारिणीलाई फलफूल, पकवान र पुष्प अर्पण प्रिय मानिन्छ।

nawajiwan

शास्त्रीय मान्यताअनुसार आश्विन शुक्ल द्वितीयाको दिन सख्खर अर्पण गरी गरिएको पूजा विशेष फलदायी हुन्छ। विधिपूर्वक फूल, अक्षत, रोली, चन्दन, दूध, दही, घृत वा मधुले स्नान गराई प्रसाद अर्पण गरेर पूजा गर्दा अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास छ।

Advertize US