आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिदै

Image
Nisarga Hospital

आश्विन शुक्ल चतुर्थीका दिन अर्थात् नवरात्रको चौथो दिन आज नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विशेष विधिपूर्वक पूजाआराधना भइरहेको छ। धार्मिक विश्वासअनुसार कुष्माण्डा देवीले आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट गर्ने भएकाले भक्तजनले आस्था र श्रद्धापूर्वक पूजाआराधना गर्ने गर्छन्।

CP Hospital Dhangadhi

पुराणका उल्लेखअनुसार कुष्माण्डा देवीले सुरा भरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने बताइएको छ। श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा कुष्माण्डा देवीलाई त्रिविध तापयुक्त संसारलाई शरण दिने शक्तिरूपमा वर्णन गरिएको छ।

Attariya Hospital

यसअघि नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीलाई आह्वान गरी पूजा गरिँदैछ। नवरात्रभर घटस्थापनास्थलमा दुर्गा सप्तशती, देवीभागवत र अन्य स्तोत्रको पाठ हुने परम्परा छ।

nawajiwan

नवरात्रमा नवदुर्गाको पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहँदै आएको छ। नवदुर्गाको पूजाआराधना विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्मका दिनसम्म विशेष महत्त्वका साथ मनाइन्छ। यसरी पन्ध्र दिनसम्म नेपालीहरूले बडादसैँलाई शक्ति र श्रद्धाको पर्वका रूपमा मनाउँछन्।