नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज आज साझ देखि सुरु

Image
Nisarga Hospital

नेपाल र विश्व विजेता वेस्ट इन्डिजबीचको बहुप्रतीक्षित टी–२० सिरिजको पहिलो खेल आज (शनिबार) हुँदैछ। दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुने खेल साँझ ८:१५ बजे सुरु हुनेछ। शुक्रबार पत्रकार सम्मेलन गर्दै दुवै टोलीले सिरिज जित्ने आत्मविश्वास व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

रोहितकुमार पौडेलको कप्तानीमा यूएई पुगेको नेपाली टोलीमा साहब आलम र सन्दीप जोरासहित १६ खेलाडी समेटिएका छन्। कप्तान पौडेलले “यो सिरिज जित्न हामी यूएई आएका हौँ” भन्दै नेपाली टिमको लक्ष्य स्पष्ट पारेका छन्। नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो र तेस्रो खेल असोज १३ र १४ गते हुनेछन्।

Attariya Hospital

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

nawajiwan

वेस्ट इन्डिज टिम : अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स, शमार स्प्रिङ्गर।