
देशभर हाल पनि मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

साथै अन्य प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुने अनुमान गरिएको छ। राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहने र अन्य भागमा आंशिक बदली रहने बताइएको छ।

मौसमविद्हरूले सम्भावित वर्षाका कारण पहिरो, बाढी र नदी-नाला थुनिन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन्।




























