‘हामी नेपाल’ संस्थापक सुदन गुरुङको प्रतिक्रिया: ‘हाम्रो अभियानलाई विदेशी शक्तिसँग जोड्नु गलत’

Image
Nisarga Hospital

‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

CP Hospital Dhangadhi

शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत भनाइ सार्वजनिक गरेका हुन्। गुरुङका अनुसार ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाउँदै उनीहरूको छवि बिगार्ने प्रयास गरेको छ।

Attariya Hospital

गुरुङले स्पष्ट पारेका छन् कि ‘टीओबी’ र ‘फ्री तिब्बत’बीच कुनै सम्बन्ध छैन र ‘हामी नेपाल’ कुनै विदेशी शक्ति, आइएनजीओ वा राजनीतिक समूहसँग आबद्ध छैन। उनका अनुसार यो गैरनाफामुखी संस्था (एनपीओ) हो, जसले नगदभन्दा जिन्सी सहयोगलाई प्राथमिकता दिन्छ। उनले भने, “हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं।”

nawajiwan