टी–२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल र यूएई आमनेसामने

Image

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेको नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्नेछ। समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ अघिल्लो चरणमा पुगेका हुन्।

nawajiwan
Attariya Hospital

समूह चरणमा नेपालले जापानलाई पराजित गरिसकेकाले सुपर सिक्समा पुनः त्यस टोलीसँग खेल्ने छैन। हाल नेपाल र यूएई दुबै टोलीसँग समान दुई–दुई अंक रहेका छन्, जसले आजको खेललाई महत्वपूर्ण बनाएको छ।

नेपालले आफ्नो दोस्रो खेल सोमबार कतारसँग, तेस्रो खेल बुधवार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका बनेको छ। सुपर सिक्सको शीर्ष तीन टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा खेल्ने अवसर पाउनेछन्।