हिमाली यात्रुका लागि चेतावनी – लेक, वर्षा र हिमपातको जोखिम बढ्दा सावधानी अपनाउन सरकारको आग्रह

Image
Nisarga Hospital

सरकारले हिमाली र उच्च पहाडी क्षेत्रतर्फ यात्रा गर्नुअघि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हेरीमात्र यात्रा गर्न आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानेहरूलाई मौसम, लेक लाग्ने जोखिम र ‘अलर्ट’बारे जानकारी लिएर मात्रै अघि बढ्न चेतावनी दिएको हो।

CP Hospital Dhangadhi

प्राधिकरणले यात्रामा निस्कनुअघि आवश्यक तयारी गर्न, लेक लागेमा तुरुन्त तल झरी उपचारमा लाग्न र एक्लै यात्रा नगर्न आग्रह गरेको छ। पछिल्ला दुई दिनमा मनाङ र कास्कीमा लेक लागेर चार जनाको मृत्यु भएको र एक जना स्पेनी नागरिकलाई गम्भीर अवस्थामा काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको विज्ञप्तिमा प्रवक्ता शान्ति महतले उल्लेख गरेकी छन्।

Attariya Hospital

जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक १० र ११ गते देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। बङ्गालको खाडी र अरब सागरमा विकसित दुई न्यून चापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म देशभर मौसम अस्थिर रहने पूर्वानुमान छ। विभागले यस्ता परिस्थितिमा थप सूक्ष्म विश्लेषण जारी गर्दै समयमै सूचना अपडेट गरिने जनाएको छ।

nawajiwan