मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

Image
Nisarga Hospital

चितवनः  अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

शुक्रबार साँझ जारी सूचनामा बिहीबारदेखि लगातार स–साना पहिरो खसिरहेकाले सावधानी अपनाउन र अत्यावश्यक कार्यबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार तुइनभिर र अन्य ठाउँमा पहिरो पन्छ्याई सवारी सञ्चालन भइरहेको भए पनि जोखिम कायमै छ।

उनीका अनुसार लगातार वर्षा भई जोखिम बढेमा कुनै पनि बेला सवारी आवागमन रोक्न सकिनेछ। यात्रुहरूलाई यात्रा अघि जिल्ला प्रशासन, प्रहरी वा ट्राफिक कार्यालयमा सम्पर्क गरी अवस्था बुझ्न अनुरोध गरिएको छ।