दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालको दोस्रो जित, अस्ट्रेलिया ८ विकेटले पराजित

Image
Nisarga Hospital

भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन जारी राखेको छ। विश्वकपको यो नेपालकै दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने दोस्रो खेलमा भारतसँग स्तब्ध बनेको थियो।

CP Hospital Dhangadhi

अस्ट्रेलियाले दिएको १३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमै दुई विकेट गुमाएर सहज रूपमा पूरा गर्यो। नेपालको जितमा विनिता सोमाइको अविजित ५६ रन निर्णायक रह्यो। त्यस्तै, मनकेशी चौधरीले पनि अविजित ४३ रनको योगदान दिइन् भने सुस्मा तामाङले २२ रन जोडिन्। अस्ट्रेलियाका लागि कोर्टनी लुइसले एक विकेट लिइन्।

Attariya Hospital

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १३६ रन बनाएको थियो। अस्ट्रेलियाका कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन प्रहार गरे। नेपालका लागि सुनिता भुजेलले एक विकेट लिइन्।

nawajiwan

अस्ट्रेलियाका पाँच खेलाडी रनआउट हुनु पनि नेपालका पक्षमा टर्निङ पोइन्ट बन्यो। यो जितसँगै नेपाल तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।