एनपीएलमा आज रोमाञ्चक भिडन्त: पोखरा एभेन्जर्स सँग सुदूरपश्चिम रोयल्स भिड्दै

Image
Nisarga Hospital

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एउटा रोमाञ्चक मुकाबला निर्धारित छ। दिउँसो ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

CP Hospital Dhangadhi

पोखरा टोली नेपाली राष्ट्रिय टिमका स्टार ओपनर कुशल भुर्तेलको नेतृत्वमा उत्रनेछ। अघिल्लो खेलमा कुशलले प्रहार गरेको शक्तिायुक्त सिक्सले स्टार स्पोर्ट्सको कमेन्ट्री बक्सको सिसासमेत क्षतिग्रस्त बनाएको दृश्य अहिले पनि चर्चामा छ।

उता, सुदूरपश्चिम रोयल्स राष्ट्रिय टिमका उपकप्तान तथा उत्कृष्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्दैछ। बल, ब्याट र फिल्डिङ तीनै विभागमा समान प्रभाव जमाउन सक्ने क्षमताका कारण दीपेन्द्रविरुद्ध विपक्षी टोलीले योजना बनाउनै कठिन परेको छ।

nawajiwan
Attariya Hospital

लिग तालिकामा एक–एक खेलपछि विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई–दुई अंक जोडेका छन्। पोखरा, जनकपुर र कर्णाली भने अंकविहीन छन्। यसैले आजको गेम पोखराका लागि पुनरागमनको अवसर भएको छ भने अघिल्लो सिजनका उपविजेता सुदूरपश्चिमले लगातार दोस्रो जितको लक्ष्य लिएको छ।

एनपीएलका सबै खेल त्रिवि मैदानमै दिउँसो र राति हुँदै आइरहेका छन्। क्यानले प्रत्येक खेलका लागि झन्डै ९,४५० टिकट सार्वजनिक गर्दै प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म सञ्चालन गरिरहेको छ।