एनपीएल आज २ खेल : पहिलो कर्णाली–लुम्बिनी र काठमाडौं–विराटनगरबीच दुई रोमाञ्चक भिडन्त हुदै

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। बिहान ११:१५ बजे पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमने–सामने हुनेछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किंग्स भिड्नेछन्।

CP Hospital Dhangadhi

पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका लाईन्स तथा राष्ट्रिय टिम कप्तान रोहितकुमार पौडेलबीचको प्रत्यक्ष भिडन्तका कारण रोचक बन्नेछ। पहिलो खेलमा चितवनसँग पराजित कर्णाली आजको खेलमार्फत पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ। त्यति बेला लुम्बिनी लायन्स पहिलो खेलमै चितवनलाई सहज रूपमा पराजित गर्दै उच्च आत्मविश्वासमा रहेको छ। लुम्बिनी लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ।

Attariya Hospital

दिउँसोको खेलमा राष्ट्रिय टिमका दुई प्रमुख खेलाडी– फास्ट बलर करण केसी र स्टार लेग स्पिनर सन्दीप लामिछाने आमनेसामने हुने हुँदा भिडन्त झनै प्रतिक्षित बनेको छ। करण नेतृत्वको काठमाडौंले दुई खेलबाट केवल दुई अंक जोडेको छ भने विराटनगरले एक खेलमै पोखरालाई भारी अन्तरले पराजित गर्दै राम्रो सुरुआत गरेको छ।

nawajiwan

आजका खेलहरूले अंक तालिका मात्रै होइन, टिमहरूको मनोबल र भविष्यको यात्रा निर्धारण गर्ने सम्भावना बलियो मानिएको छ।