
नेपाल प्रिमियर लिग (एनपिए) मा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससँग महत्वपूर्ण खेल खेल्दैछ। अपराजित यात्रामा रहेको सुदूरपश्चिम आज आफ्नो तेस्रो खेलमा मैदानमा उत्रदैछ। कर्णाली याक्सले दुई खेल खेलेका छन्, जस मध्ये एकमा हार बेहोरेको छ।

आजको खेल अपरान्ह ४ बजे सुरु हुनेछ। यसअघि बिहान पौने १२ बजे पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स बीच रोमाञ्चक भिडन्त सम्पन्न हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ गते समापन हुनेछ। प्रतियोगितामा भाग लिएका टिमहरूले उत्कृृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक क्रिकेटको मजा दिन्छन्। सुदूरपश्चिम र कर्णालीको आजको खेल विजेता टिमको भावी अंकतालिकामा ठूलो प्रभाव पर्नेछ, जसले प्लेअफ प्रवेशमा निर्णायक भूमिका खेल्नेछ।

































