किर्तिपुरमा आज निर्णायक भिडन्त: कमब्याक लक्ष्यसहित काठमाण्डु र लुम्बिनी आमनेसामने

Image
Nisarga Hospital

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स बीच रोमाञ्चक मुकाबला हुँदैछ। काठमाण्डुको नेतृत्व करण केसीले गरिरहेका छन् भने लुम्बिनी राष्ट्रिय कप्तान रोहितकुमार पौडेलको कमानमा खेल्दैछ। खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

तीन खेल खेलेको काठमाण्डु र दुई खेल खेलेको लुम्बिनीले समान २–२ अंक जोडेका छन्। उद्घाटन खेल जिते पनि काठमाण्डु पछिल्ला दुई खेलमा पराजित छ। लुम्बिनीले चितवनविरुद्ध जित निकालेर कर्णालीसँग दोस्रो खेलमा हार व्यहोरेको छ।

अंक तालिकामा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्। दुवै टिम आजको खेल जितेर प्रतियोगितामा बलियो कमब्याक गर्ने लक्ष्यमा छन्। अपराजित सुदूरपश्चिम र विराटनगर शीर्ष दुई स्थानमा रहेका छन्।