एनपीएलमा आज दुई रोचक भिडन्त : जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

Image
Nisarga Hospital

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि पुनः शुरू हुँदैछ। सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा मंगलबार दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्।

CP Hospital Dhangadhi

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर र चितवनबीच हुनेछ। साविक विजेता जनकपुर यस सिजन सुरुवातदेखि नै संघर्षरत छ। चार खेलमा कुनै जित निकाल्न नसकेको जनकपुरका लागि आजको खेल सिजनको ‘टर्निङ पोइन्ट’ सावित हुन सक्छ। अर्को तर्फ, चार अंकसहित स्थिर प्रदर्शन गरिरहेको चितवन जनकपुरलाई हराउँदै प्लेअफ नजिक पुग्ने लक्ष्यमा हुनेछ।

Attariya Hospital

दोस्रो खेल अपराह्न ४ बजे पोखरा र कर्णाली याक्सले खेल्नेछन्। दुवै टिम अहिले तालिकाको तल्लो भागमा संघर्ष गरिरहेका छन्। कर्णालीले पाँच खेलबाट दुई अंक मात्र जोडेको छ भने पोखराले चार खेलमा दुई अंक ल्याएको छ। दुवैका लागि आजको खेल जित्नैपर्ने परिस्थितिमा छ।

nawajiwan

यसअघि सम्पन्न १९ खेलपछि अंकतालिका निकै रोचक मोडमा पुगेको छ। अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा प्रवेश गरिसकेको छ। काठमाडौँले दुई खेल गुमाएर ८ अंक जोडेको छ भने विराटनगरले पनि पाँच खेलमा एक खेल हार्दै समान ८ अंक बनाएको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन्। आजका खेलले प्लेअफ समीकरण झनै बदलिने सम्भावना रहेको एनपीएल विश्लेषकहरूको भनाइ छ।