एनपिएल सिजन २ मा सुदूरपश्चिमका २ अष्ट्रेलियन खेलाडी गए, भारतिय र पाकिस्तानी आए

Image
Nisarga Hospital

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका सबै २८ खेल सकिएका छन् र मंगलबारदेखि रोमाञ्चक प्लेअफ सुरू हुँदैछ। पहिलो क्वालिफायरमा अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्स आमनेसामने हुने छन्। यो खेल शीर्ष दुई बलियो टोलीको भिडन्त भएकाले एनपिएलको बहुप्रतिक्षित म्याचका रूपमा हेरिएको छ।

CP Hospital Dhangadhi

लिगको अन्तिम खेलमै यी दुईबीच प्रतिस्पर्धा हुँदा विराटनगरले १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गर्दै सनसनी मच्चाएको थियो। दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले १९ बलमै अर्धशतक प्रहार गर्दै खेललाई एकतर्फी बनाएका थिए। त्यतिबेला सुदूरपश्चिमका प्रमुख खेलाडी क्रिस लिन र स्कट कुगेइलिन अनुपस्थित थिए। चोटका कारण लिनले बाँकी सबै खेल गुमाएका छन् भने ओपनर जोश ब्राउन पनि बिग ब्यासका लागि अस्ट्रेलिया फर्किएका छन्।

दुवै विदेशी ओपनर नखेल्ने भएपछि सुदूरपश्चिमले भारतीय विकेटकिपर ब्याटर शेल्डन ज्याकसनलाई टिममा भित्र्याएको छ। ३९ वर्षीय ज्याकसनले कोलकता नाइटराइडर्स र आरसीबीबाट आइपिएल अनुभव समेत बोकेका छन्। यस्तै पाकिस्तानका मख्तर अहमदलाई पनि सुदूरपश्चिमले अनुबन्ध गरेको छ, जसले टी–२० क्रिकेटमा तीन शतक प्रहार गरिसकेका छन्।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम ७ खेलमध्ये ६ जितसहित १२ अंकमा शीर्षस्थानमा रह्यो। विराटनगर र काठमाण्डौले १०–१० अंक जोडे पनि रनरेटमा विराटनगर अगाडि रह्यो। लुम्बिनी चौथो हुँदै प्लेअफमा प्रवेश गर्‍यो।

मंगलबार सुदूरपश्चिम–विराटनगर भिडन्तको विजेता सिधै फाइनल पुग्नेछ। पराजित टोली दोस्रो क्वालिफायरमार्फत फाइनल यात्रा खोज्नेछ। बुधबार काठमाण्डौ र लुम्बिनीबीच इलिमिनेटर हुनेछ, जसको विजेता दोस्रो क्वालिफायरमा भिड्नेछ। शनिबारको ग्राण्ड फाइनलमा भने एनपिएल–२०२५ को नयाँ च्याम्पियन टुंगिनेछ।