आजको मौसमः पश्चिमी वायूको प्रभाव: तराईमा हुस्सु–कुहिरो, पहाडी क्षेत्रमा आंशिक बदली

Image
Nisarga Hospital

देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। यसका कारण बिहानपख तराई क्षेत्रमा दृश्यता कम भई जनजीवन प्रभावित हुनसक्ने देखिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो कायमै रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Attariya Hospital

त्यस्तै, आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य पहाडी र हिमाली भू–भागमा मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। महाशाखाले यात्रु तथा सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

nawajiwan