आजको मौसमः पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु–कुहिरो, पहाड र हिमालमा हल्का वर्षा तथा हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार तराई भू–भागका अधिकांश स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ।

CP Hospital Dhangadhi

यस्तै, देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Attariya Hospital

मौसममा देखिने यस अवस्थाका कारण चिसो बढ्न सक्ने भएकाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, यात्रामा निस्कनेहरूले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा स्वास्थ्यमा चिसोको असर पर्न नदिन सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

nawajiwan