त्रिनगर र गड्डाचौकी भन्सार नाकामा मन्त्रीको नेतृत्वमा स्थलगत निरीक्षण

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको नेतृत्वको टोलीले बुधबार कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाको स्थलगत निरीक्षण गरेको छ।

CP Hospital Dhangadhi

सीमा नाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउन एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेश सरकार सक्रिय भएको मन्त्री थापाले जानकारी दिए। उनका अनुसार रोजगारीका लागि भारत जाने नेपाली श्रमिकहरूको तथ्याङ्क सङ्कलन तथा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको तथ्याङ्क व्यवस्थित रूपमा राख्न भन्सार नाकालाई सुधार गर्ने योजना अघि बढाइएको छ।

Attariya Hospital

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री थापाले दुवै देशका नागरिकलाई सहज सेवा प्रदान गर्न भन्सार क्षेत्रमा आगमन प्रक्रियालाई सरल बनाइने र सामानको जाँचका लागि आधुनिक स्क्यानिङ मेसिन जडानको तयारी भइरहेको बताए । यसबाट सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट हट्नुका साथै आवागमन थप सहज हुने उनको भनाइ छ।

nawajiwan

त्यसैगरी, सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण र लागू औषध ओसारपसार रोकथाममा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अनुगमन टोलीमा आर्थिक मामिला मन्त्री थापासँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको समेत सहभागिता रहेको थियो। टोलीले दुवै सीमा नाकाको अवस्था, सेवा प्रवाह र सुधारका सम्भावनाबारे स्थलगत रूपमा अवलोकन गरेको हो।