विप्लव–जेनजीबीच चार बुँदे सहमति, अन्तरिम सरकारदेखि संविधान संशोधनसम्म संयुक्त संघर्ष

Image
Nisarga Hospital

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ। बिहीबार नेकपा महासचिव विप्लव र जेनजी समूहका नेता ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

CP Hospital Dhangadhi

सहमति अनुसार सर्वपक्षीय सहमतिका आधारमा अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने, जेन–जी विद्रोहका मागहरू पूरा गर्न आन्दोलन गर्ने उल्लेख छ।

Attariya Hospital

साथै जनआन्दोलन र जनचाहना अनुसार संविधान संशोधन, स्थिर सरकार निर्माण, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।

nawajiwan