फागुन २१ को चुनाव लक्षित गर्दै निर्वाचन आचारसंहिता २०८२ आजदेखि लागू

Image
Nisarga Hospital

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ आजदेखि लागू गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

CP Hospital Dhangadhi

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म यो आचारसंहिता संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकाय, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल तथा तिनका भातृ संगठनमा लागू हुनेछ। साथै उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदाता, सञ्चारमाध्यम, पर्यवेक्षक संस्था, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, उद्योग–व्यवसाय र परियोजनामा संलग्न सबै निकाय तथा व्यक्तिहरू पनि आचारसंहिताको दायरामा परेका छन्।

Attariya Hospital

आचारसंहिताको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

nawajiwan