युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा, निर्वाचनतर्फ केन्द्रित

Image
Nisarga Hospital

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। कात्तिक ९ गते मन्त्रीमा नियुक्त भएका गुप्ताले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि राजीनामा बुझाएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार राजीनामा बुझाइसकिए पनि सार्वजनिक बिदा परेकाले औपचारिक स्वीकृति अझै बाँकी छ। मन्त्री गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिराहा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।

Attariya Hospital

पार्टी स्रोतका अनुसार निर्वाचन तयारीलाई प्राथमिकता दिँदै उनले मन्त्री पदबाट अलग हुने निर्णय लिएका हुन्। उनका राजीनामापछि युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ। राजनीतिक विश्लेषकहरूले यस कदमलाई निर्वाचन रणनीति र पार्टी सुदृढीकरणको सन्दर्भमा महत्त्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन्।

nawajiwan