प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक मनोनयन, ३४८४ उम्मेदवार प्रतिस्पर्धामा

Image
Nisarga Hospital

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर कुल ३४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्, जसले निर्वाचनप्रति बढ्दो चासो र राजनीतिक सक्रियता देखाएको छ।

CP Hospital Dhangadhi

उम्मेदवारमध्ये ३९५ महिला, ३०८८ पुरुष तथा अन्य एक जना रहेका छन्। राजनीतिक दलको तर्फबाट २२९७ जनाले उम्मेदवारी दिएका छन्, जसमा २३५ महिला र २०६२ पुरुष छन्। यसैगरी ११८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

Attariya Hospital

निर्वाचन आयोगका अनुसार मनोनयनपछि उम्मेदवारी छानबिन, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनका कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धी उम्मेदवारको उल्लेख्य संख्याले यसपटकको निर्वाचनलाई थप रोचक र बहुपक्षीय बनाउने अपेक्षा गरिएको छ।

nawajiwan