राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदान, १८ मध्ये एक पद निर्विरोध

Image
Nisarga Hospital

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेको छ। कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जानकारी दिए।

CP Hospital Dhangadhi

कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा र बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान हुनेछ।

Attariya Hospital

यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने आयोगले जनाएको छ।

nawajiwan

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।