
कैलालीको गोदावरी र चुरे गाउँपालिकाको सीमाना क्षेत्रस्थित भीमदत्त राजमार्गमा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार खानीडाँडा पिकनिक पार्क नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी–४ बोराडाँडी निवासी ५५ वर्षीय शिव बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती ले जनाएको छ।

प्रहरीका अनुसार धनगढीबाट चुरेतर्फ गइरहेको मधेश प्रदेश ००३–००१क ३११७ नम्बरको टिपर र बाग्मती प्रदेश ०२–०३५प ३८०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बमको मृत्यु भएको थियो।

टिपर चालक डडेल्धुराको अमरगढी–१ निवासी हिक्मत दियाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

































