
बैतडीमा एक जना निर्वाचन प्रहरीको अकस्मात् निधन भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव वड शुक्रबार दिउँसो घरमै अचेत अवस्थामा फेला परेका थिए। निर्वाचन ड्युटी सकेर खाना खान घर पुगेका वड अचानक बेहोस भएपछि तत्काल जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो।

उपचारका लागि लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल शव जिल्ला अस्पतालमा राखिएको छ भने आज पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

यसअघि पनि केही दिनअघि निर्वाचन प्रहरीकै तालिमका क्रममा सोही वडाका अर्का एक जनाको भीरबाट लडेर मृत्यु भएको थियो। लगातारका घटनाले जिल्लामा शोकको वातावरण सिर्जना भएको छ।

































