निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा सिफारिस, लगातार सात दिन बिदा पर्ने सम्भावना

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारसमक्ष तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते बिदा दिन प्रस्ताव गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

भण्डारीले सार्वजनिक बिदा स्वीकृत गर्ने वा नगर्ने निर्णय सरकारको हातमा रहेको स्पष्ट पारे। आयोगको सिफारिसअनुसार सरकारले निर्णय गरेमा लगातार सात दिनसम्म सार्वजनिक बिदा पर्ने सम्भावना देखिएको छ।

फागुन १८ र १९ गते होली पर्व, त्यसपछि २० र २१ गते निर्वाचन, २३ र २४ गते शनिबार–आइतबार तथा अन्तर्राष्ट्रिय नारी दिवस समेत सोही साता परेकाले लामो बिदा हुने देखिएको हो। यसले मतदातालाई मतदानमा सहभागी हुन सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।