पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका हिमाली भूभागमा पनि बादल लाग्नेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा अधिकांश समय सफा मौसम रहनेछ।

Attariya Hospital

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

nawajiwan

राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।