नेपाली सेनाका प्रधानसेनापति सुदूरपश्चिम भ्रमणपछि फर्किए

Image
Nisarga Hospital

नेपाली सेनाका प्रधानसेनापति Ashokraj Sigdel सुदूरपश्चिम भ्रमण गरेर बिहीबार धनगढीबाट राजधानी फर्किएका छन्। भ्रमणको क्रममा उनले सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निरीक्षण गरेका थिए।

CP Hospital Dhangadhi

निरीक्षणमा प्रधानसेनापतिले आगामी फागुन २१ गते हुने निर्वाचन सुरक्षा र समग्र वस्तुस्थिति सम्बन्धी जानकारी लिए। उनले प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन्।

Attariya Hospital

सिग्देलले प्रदेश कमाण्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरुसँग भेटघाट र अन्तरक्रिया समेत गरेका थिए। यसअघि उनले मध्यपश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण सम्पन्न गरिसकेका छन्। उनका भ्रमणले सुदूरपश्चिममा सुरक्षा व्यवस्थापन र तयारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

nawajiwan