आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको असरले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली भएको छ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बदली छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ। कोशी र गण्डकीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने तथा एक–दुई स्थानमा पुनः हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

nawajiwan