
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा इरानी आक्रमणमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको छ। उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। यूएई परराष्ट्र मन्त्रालयले घटनाको पुष्टि गरेको छ।

नेपाली राजदूतावासले दिवङ्गत श्रेष्ठप्रति दुःख व्यक्त गर्दै परिवारलाई हार्दिक समवेदना जनाएको छ। दूतावासले श्रेष्ठको शव स्वदेश फिर्ता ल्याउने प्रक्रिया सहज गर्न तत्पर रहेको जनाएको छ।

यूएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। अन्य दुई मृतक बंगलादेश र पाकिस्तानका नागरिक रहेको यूएई रक्षा मन्त्रालयले जानकारी दिएको छ।

साथै, दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी मापदण्डहरू पालना गर्न आग्रह गरेको छ। यो घटनाले क्षेत्रीय सुरक्षा र विदेशस्थित नेपालीको सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ।
































