रास्वपा उम्मेदवार शाहाको उम्मेदवारी नै खारेज

Image
Nisarga Hospital

धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। आयोगका अनुसार उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको प्रमाण भेटिएपछि यस्तो निर्णय गरिएको हो।

CP Hospital Dhangadhi

कर्जा सूचना केन्द्रका अनुसार किशोरी शाह कमल निर्माण सेवा प्रालिका शेयरधनी हुन् र २०८० सालदेखि विभिन्न समयमा उनी एकल वा संयुक्त रुपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेका थिए। यस विवरणका आधारमा निर्वाचन आयोगले उनका उम्मेदवारीको मान्यता रद्द गरेको जनाइएको छ।

Attariya Hospital

यस निर्णयसँगै धनुषा–१ मा रास्वपाका उम्मेदवारको चुनावी प्रतिस्पर्धामा प्रभाव पर्न सक्ने देखिन्छ। आयोगले वित्तीय अनुशासनको पालना सुनिश्चित गर्ने उद्देश्यसहित यस कदम उठाएको उल्लेख गरिएको छ।

nawajiwan