
प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै ६ निर्वाचन क्षेत्रमा विजयी हुँदै ‘क्लिनस्वीप’ गरेको छ।


मोरङ–१ मा यज्ञमणि न्यौपाने ले २७,३६७ मत प्राप्त गरी नेपाली कांग्रेसका खड्ग बहादुर फागो लाई पराजित गरे। मोरङ–२ मा कृष्णकुमार कार्की ४०,१२४ मतसहित विजयी भए। मोरङ–३ मा गणेश कार्की ले ३६,९२४ मत ल्याए।
मोरङ–४ मा सन्तोष राजवंशी ४०,८३३ मतसहित काँग्रेसका महामन्त्री गुरुराज घिमिरे लाई पछि पार्दा पार्टीको आधारभूत जनमतमाथि प्रभाव देखियो। मोरङ–५ मा आशा झाले ३०,४३४ मतसहित विजयी भइन्, र मोरङ–६ मा रुबिना आचार्य ले ५५,५१३ मतसहित काँग्रेसका डा. शेखर कोइराला लाई पराजित गरी सबैभन्दा ठूलो अपसेट गरिन्।
अघिल्लो निर्वाचनमा मोरङमा कांग्रेसले ४, एमाले १ र माओवादी १ सिट जितेको थियो। तर यसपटक रास्वपाले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिएर जिल्लाको राजनीतिक समीकरण परिवर्तन गरेको छ।
































