आजको मौसमः नेपालमा आज देखि मौसममा परिवर्तन हुदै, तुवाँलो घट्ने सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर मौसमी गतिविधि क्रमशः बढ्ने संकेत गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गर्दै वायुमण्डलमा गतिविधि बढ्दै जाँदा केही स्थानमा क्षणिक वर्षा हुन सक्ने जनाएको छ। यसले हाल देखिएको वायु प्रदूषण र तुवाँलोको अवस्था क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार पछिल्ला केही दिनदेखि नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहँदा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन सकेको छैन। साथै वायुमण्डलको तल्लो तहमा पनि पर्याप्त न्यून चापीय गतिविधि नबढ्दा वर्षा हुन नसकेको अवस्था छ। यही कारण प्रदूषणका कणहरू वायुमण्डलको तल्लो तहमै थुप्रिँदा देशका धेरै भू–भागमा तुवाँलो देखिएको मौसमविद्हरूले बताएका छन्।

Attariya Hospital

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूले सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

nawajiwan

मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाउँदै दैनिक रूपमा जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमार्फत अद्यावधिक सूचना प्रदान गरिने पनि जनाएको छ।