आजको मौसमः देशभर आंशिक बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ।

CP Hospital Dhangadhi

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको जनाइएको छ। शुक्रबार पनि कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Attariya Hospital

उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहँदा पर्याप्त वर्षा हुन नसकेको र प्रदूषण तल्लो वायुमण्डलमै थुप्रिँदा देशका धेरै स्थानमा तुवाँलो देखिएको छ। यद्यपि मौसमीय गतिविधि क्रमशः बढ्दै जाने र केही स्थानमा क्षणिक वर्षा हुने सम्भावनासँगै मौसममा विस्तारै सुधार आउने अनुमान गरिएको छ।

nawajiwan