
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।

उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। केही दिनयता अस्वस्थ रहेका मोहन प्रसादको स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको जानकारी एमाले सचिव पद्मा अर्यालले दिएकी छन्।

उनको पार्थिव शरीर आज ओली निवास गुण्डुमा ल्याइनेछ र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भएको स्रोतले जनाएका छन्। मोहन प्रसादको निधनले ओली परिवारमा दुःख र शोकको माहोल छाएको छ। यसैबीच राजनीतिक र सामाजिक क्षेत्रमा समेत उनको निधनको खबरले दुःख व्यक्त गर्नेहरू बढेका छन्।

































